रत्नराज्यमा दुई विद्यार्थी समुहबीच ढुङ्गा हानाहान

पोखरा न्यूज – ०५ ,फागुन । काठमाडौंको रत्नराज्य क्याम्पसमा दुई विद्यार्थी समूहबीच ढुङ्गा हानाहान भएको छ ।

अनेरास्ववियु समर्थित र नेविसंघ समर्थित विद्यार्थी समूहबीच भएको झडपमा आधा दर्जन भन्दा बढी घाइते भएको जनाइएको छ । झडप पछि त्यहाँ प्रहरी परिचालनको गरिएको छ भने नेविसंघ सम्बद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले अनेरास्ववियुले आफ्नो संगठनका विद्यार्थीलाई आक्रमण गरेको आरोप लगाएका छन् भने अनेरास्ववियुले घटना संगठनसँग सम्बन्धित नभएको प्रतिक्रिया दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका आफ्नो संगठनका सदस्यलाई रिहा नगर्ने देशव्यापी आन्दोलनमा उत्रने चेतावनी पनि नेविसंघका महामन्त्री भट्टराईले दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button