धुर्मुसले पोखरामा सेन्टी भाइरसको प्रचार गर्दै भने ‘म स्वतन्त्र हुँ, स्वतन्त्र रहन्छु, राजनीति गर्दिन’

राजाराम पौडेल, पोखरा न्यूज – ०५ ,फागुन । कलाकार सिताराम कट्टेल धुर्मुस सोमबार पोखरामा भेटिए । उनी फागुन ९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र सेन्टी भाइरसको प्रचारप्रसारको लागि पोखरामा आएका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा निर्धारित समय भन्दा सवा घण्टा ढिलो पुगेका उनी एक्लै थिए । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चलचित्रको मुनाफाबाट ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको लागि प्राप्त हुने बताए । चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गर्न दर्शकसँग उनको आग्रह छ । चलचित्रको ट्रेलर हेर्दा राजनीतिक विषयबस्तु मात्र जस्तो लागेपनि चलचित्रको विषयवस्तु त्यसमा मात्र सिमित नरहेको उनले बताए ।

कलाकारिता सँगसँगै सामाजिक कार्यमा लागेको व्यक्ति आफु भएको उनले बताए । ‘भुकम्पजाला र नमुना वस्ती बनाइएला, तराई डुब्ला अनि राहात र उद्धारमा खटिएला, नेपालले क्रिकेटमा एकदिवसिय मान्यता पाउला र क्रिकेट रंगशाला बनाउला, भन्ने योजना होइन सबै समय र परिस्थितको उपज हो’ उनले खुलस्त पारे । एक अर्को प्रसंगमा उनले आफुले कल्यिैपनि राजनीति नगर्ने बताए । ‘म स्वतन्त्र हुँ, स्वतन्त्र रहन्छु, राजनीति गर्दिन’ उनले वाचा गरे ।

उनी अहिले विहान ४ बजेदेखि राती ११ बजेसम्म रंगशाला निर्माणको लागि फिल्डमा आफै खटिन्छन् । यो उनको नितान्त भोलिन्टएर काम हो । यो जनस्तरबाट निर्माण भइरहेको नेपालको पहिलो क्रिकेट रंगशाला समेत भएको कारण उनी उत्साहित छन् । उनी गर्व गर्छन् पनि । धुमुसले यो कार्यमा लाग्न कलाकारितामा दर्शकले माया गरेकै कारण सहजता भएको भन्ने भने भुलेका छैनन् । त्यसैले त कलाकारिताबाट पनि योगदान होस् भनेर सेन्टी भाइरस चलचित्रलाई रगंशाला निर्माणसँग जोड्दैछन् । ‘यो रंगशाला देशको रंगशाला हो, हरेक जिल्लाको प्रतिनिधित्व हुने गरी कक्ष हुनेछन्, जसले सबैलाई आफ्नो अपनत्व गराउनेछ’ उनले भने ।

कलाकारिता क्षेत्रमा आफु परिपक्क बनिनसकेको उनी बताउँछन् । म सिक्दै छु । अझै राम्रो गरौ भन्ने सधै भइरहन्छ । सामाजिक कार्यमा लाग्ने आफ्नो एकोहोरोपन भएको उनले बताए । आफ्नो एकोहोरापनामा सबैको विश्वास महत्वपुर्ण बनेको उनले बताए । हुनत उनले गरेको काममा विभिन्न टिकाटिप्पणी आलोचना नभएका भने होइनन् । विभिन्न घटना घटे । तर अहिले सबै राम्रो भएको उनले सुनाए । सबैलाई जोड्ने अभियान बनेकोमा उनी खुशी छन् ।

६ वटा कम्पनीको सद्भावना दुत भएको कारण तथा अन्य विभिन्न कार्यक्रममा जाँदा हुने आम्दानीकै कारण आफुहरु टिकिराखेका उनले खुलाए । सामाजिक कार्यमा बढी खटिदाँ निरन्तर नयाँ सिर्जना गर्न सकेका थियनौ । तर यो चलचित्रले त्यो अभावलाई पुरा गर्ने उनको दावी छ । ‘म र कुञ्जना दुवैलाई मुख्य भुमिकामा यहाँ पाउनुहुन्छ । लामो ग्यापलाई यो चलचित्रले पुरा गर्नेछ’ उनले थपे । रंगशाला निर्माण भएपश्चात कलाकारिता क्षेत्रमा पुरै समय दिने गरेर फर्कने योजना बनाएको उनले सुनाए । ‘अब तीनमहिना भित्रमा खेल मैदान तयार हुनेछ, दूई वर्ष भित्रमा सबै संरचना तयार हुन्छ । अनि म निरन्तर कलाकारिता क्षेत्रमा अगाडी बढ्छु’ उनले भने ।

सेन्टी भाइरस रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हो । चलचित्रमा सिताराम कट्टेल धुमुर्स, कुञ्जना घिमिरे सुन्तली, दयाहाङ राई, सन्दिप क्षेत्री, बुद्धि तामाङ, कमलमणी नेपाल, विल्सनविक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य, युवराज भण्डारी आदी कलाकारले अभिनय गरेका छन् । सुबिहानी फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता डिन्डु लामा ह्योल्मो हुन् । कुमार कट्टेल र दिपक आचार्य लेखन, कुमार मर्हजनको एक्सन, शैलेन्द्र डी कार्कीको छायाकंन तथा निमेष श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीक शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता अध्यक्ष अरुण गिरीले गरेका थिए भने सञ्चालन सचिव प्रभु अधिकारीले गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button