१० दिनदेखि हराइरहेकी युवती नदी किनारमा मृत फेला

पोखरा न्यूज – ०५ ,फागुन । विगत १० दिन देखि हराइरहेकी एक युवतीको शव कालीगण्डकी नदीको किनारमा मृत अवस्थामा फेला परेको छ ।

पाल्पा पुर्वखोला गाउँपालिका-१ घर भएकी २१ वर्षीया नारिमा बयाम्बोलाई आज (आइतबार) दिउँसो करिब १२ बजे मृत अवस्थामा फेला पारिएको थियो ।

उनको शव तनहुँ जिल्लाको घिरिङ गाउँपालिका-१ स्थित कालीगण्डकी नदीको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक यही माघ १४ गते देखि हराइरहेको पनि प्रहरीले जनाएको छ ।

मृत्युको कारण तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button