कोरोना पीडित एक चिनियाँ महिलाको सफल उपचार

पोखरा न्यूज – ०५ ,फागुन । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् ।

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी) का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उनी गत फेब्रुअरी ११ मा अस्पताल भर्ना भएकी  थिइन् ।

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ ।

ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएकी थिइन । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भएकी थिए  ।

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button