हेर्नुस संसारकै महंगो विमान्, यस्ताे छ विशेषता

काठमाडौं : संसारको सबैभन्दा महंगो विमान यात्रु वा सामान ओसार्न होइन, बम खसाल्न प्रयोग हुन्छ। यो विमान हो, अमेरिकाको बी–२ स्पिरिट बम वर्ष। यस्तो एउटा विमानको मूल्य २ अर्ब डलरभन्दा बढी पर्छ।

यो संसारका अन्य सैन्य विमानभन्दा बिल्कुल अलग छ। त्यसैले नै अमेरिकाको सबैभन्दा शक्तिशाली हतियारमध्ये यो विमान पनि पर्छ। राडारले देख्न नसक्ने यो विमान शीतयुद्धमा सोभियत संघको हवाई प्रतिरक्षा प्रणाली भेद्न डिजाइन गरिएको थियो। तर, यो विमानले पहिलो उडान भरेको केही समयमै सोभियत संघ पतन भयो, जसका कारण यो सोभियत आकाशमा उड्न पाएन।

तथापि अनेकौँ युद्धमा यो विमानका प्रयोग भइसकेको छ। यसले आणविक र गैरआणविक दुवैखाले हतियार बोक्न र प्रहार गर्न सक्छ।

यो विमान पहिलो पटक सन् १९९३ मा मिजोरीस्थित ह्वाइटम्यान हवाई अड्डामा राखिएको थियो। जहाँ अहिले पनि २० बी २ बमवर्षक छन् र त्यहीँबाट सञ्चालन हुन्छन्। ती सबै नर्थरोप ग्रुम्यान कम्पनीले बनाएको हो।
सुरुमा १३२ वटा बनाइने योजना थियो तर पछि त्यो संख्या ७५ मा झारियो। तर, शीतयुद्ध समाप्त भएसँगै २१ वटा मात्रै यो विमान बने। जसमध्ये एक दुर्घटनाग्रस्त भयो।

पहिलो पटक सन् १९९९ मा यसलाई कोसोभो युद्धमा प्रयोग गरिएको थियो।

उडिरहँदा इन्धन भर्न सक्ने भएकाले संसारको जुनसुकै स्थानमा पनि पुगेर फर्किन सक्छ यो विमान। हरेक ६ घण्टामा विमानमा इन्धन भर्नुपर्छ। हालसम्म युद्धमा यो विमान कहिल्यै ध्वस्त भएको छैन।

‘विमानकै कुरा गर्ने हो भने यो पूरै एक्का हो। यो अन्य विमानभन्दा पूरै फरक छ,’ यो विमानकी विज्ञ रेबेका ग्रान्ट भन्छिन्।

यो विमान लगातार ४४ घण्टासम्म उडेको छ। सन् २००१ मा यो अमेरिकाबाट अफगानिस्तान पुगेर मिसन समाप्त गरी पुनः अमेरिका नै पुगेको थियो। यो विमान उडाउन प्रतिघण्टा एक लाख ३५ हजार डलर खर्च हुन्छ। यो विमान प्रतिघण्टा १ हजार १० को गतिमा उड्न सक्छ।

त्यसैले विमानमा ककपिटपछाडि दुईमध्ये एक पाइलटलाई सुत्ने ठाउँ पनि हुन्छ। त्यस्तै खाना राख्ने र तताउने र ट्वाइलेटको सुविधा पनि यसमा हुन्छ। एजेन्सी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button