घट्यो डिजेल, पेट्रोलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले जनाएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले घटेको छ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यसअघि ११० रुपैयाँ थियो। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गरेको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले यथावत राखिएको निगमले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button