वालुवाटार जग्गा प्रकरणमा गगन थापाको व्यंग्य : कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णु विष्णु

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले प्रतिनिधिसभाको बैठकमा बालुवाटारको ललितानिवास प्रकरणमा आफैँले तयार पारेको स्वस्थानी कथा सुनाएका छन्।

थापाले प्रधानमन्त्री, सञ्चारमन्त्री लगायत वालुवाटारको जग्गामा नाम जोडिएकाहरुलाई व्यंग्य गर्दै आफैँले तयार पारेको स्वस्थानीको पहिलो अध्याय सुनाएका हुन्।

‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी । अब कसैको चोरीको सामान किन्नुपरे सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु । किन्नैपरे होइन–होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु’ थापाले भने। थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबारे पनि असन्तुष्टि जनाए।

‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रोहाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्नेछैनन्,’ थापाले भने, ‘इतिश्री अख्तियार पुराणे, कुमारविष्णु संवादे श्रीस्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण बर्णनाम् प्रथमोध्याय ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button