पोखराका अमन तामाङले चलचित्र निर्देशन गर्ने

राजाराम पौडेल, पोखरा न्यूज – ०६ ,फागुन । नृत्य क्षेत्रमा स्थापित बनेका पोखराका अमन तामाङले चलचित्र निर्देशन गर्ने भएका छन् । दूई दशकदेखि नृत्य निर्देशन तथा नृत्यसँग सम्बन्धित विभिन्न इभेन्ट आयोजना गर्दै नेपालमा मात्र नभएर नेपाल बाहिर पनि परिचित  अमनको यो नयाँ प्रयास हुनेछ ।

उनले निर्देशनमा डेब्यु गर्ने यो चलचित्रको कथा नृत्यसँग सम्बन्धित रहनेछ । यो चलचित्रलाई एबी इन्टरनेसलन कम्पनीको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रको नाम बर्न टु डान्स अर्थात ‘वि टु डि’ रहेनेछ ।

नृत्य क्षेत्रसँग सम्बन्धि सत्य कथामा चलचित्र निर्माण हुन लागेकोले यसले चलचित्र क्षेत्रमा नयाँ तरंग ल्याउने चलचित्र निर्माण युनिटको विश्वास छ । सोही कारण ड्रिम प्रोजेक्टको रुपमा यसलाई अगाडी बढाउने उनीहरुको तयारी छ । निर्माण युनिटले चलचित्रको लोगो पोष्टर सार्वजनिक हालै गरेको छ । चलचित्रको लागि नृत्यमा पोख्त कलाकार छनोट हुँदै गरेको निर्देशक तामाङले जनाए ।

सन् २०२० को अगष्ट महिनामा चलचित्रको छायाकंन सुरु गर्ने उनले बताए । छायांकन ७५ प्रतिशत नेपालमा र बाँकी २५ प्रतिशत अमेरिका, क्यानडा र लन्डनमा छायाकंन गरिने उनले जनाए । चलचित्रको प्रर्दशन २०७७ सालको तिहारमा गर्ने आफुहरुको तयारी भएको तामाङको भनाई छ । चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाले लगानी गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button