नेपाल र बङ्गलादेशबीच खुला व्यापार सम्झौता हुँदै

पोखरा न्यूज – ०६ ,फागुन । नेपाल र बङ्गलादेशले छिटै खुला व्यापार सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।

बङ्गलादेशका व्यापार मन्त्री टिपु मुन्सीका अनुसार दुई देश खुला व्यापार सम्झौताको निकै नजिक पुगेका छन् । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र मुन्सीबीचको छलफल पछि आगामी मार्च ३-४ मा सचिव तहको बैठकमा सम्झौतामा हस्ताक्षर गरिने जनाइएको हो । बङ्गलादेशले मुख्य रुपमा नेपालमा जुटजन्य सामाग्री, गार्मेण्ट कपडा र फर्मास्युटिकल्स निर्यात गर्ने गर्छ ।

आर्थिक वर्ष २०१८-१९ मा नेपालले बङ्गलादेशतर्फ १ करोड ८१ लाख डलर बराबरको सामाग्री निर्यात गरेको थियो भने बङ्गलादेशबाट ३ करोड डलर बराबरको सामाग्री आयात गरेको थियो । त्यस्तै सो अवधिमा २६ हजार बङ्गलादेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

बङ्गलादेशले हाल नेपाललाई बङ्लाबन्ध सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ भने समुद्री बन्दरगाह प्रयोगका लागि सम्भाव्यता अध्ययन गर्न सकिने पनि जनाएको छ ।

छलफलमा परराष्ट्र मन्त्रीले ज्ञवालीले साएदपुर विमानस्थल प्रयोग गर्न सकिने विषय पनि उठाएकोमा त्यस विषयमा विचार गरिने पनि बङ्गलादेशी पक्षले जनाएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button