टिपरले अटोलाई ठक्कर दिँदा २ भारतीयको मृत्यु

पोखरा न्यूज – ०६ ,फागुन । सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको हो ।

हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए  । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button