सामाजिक विकास मन्त्रालयको बजेट २ अर्ब १० करोड

दीननाथ बराल , पोखरा न्यूज – ०७ ,फागुन । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशको खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहन गर्न मन्त्रालयले सहकार्य गर्न कटिबद्ध भएको बताएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम बार्षिक साधारण सभाको बुधबार पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले प्रदेशको खेलकुदको विकास र खेलाडीको प्रोत्साहनको लागि मञ्च सहितका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्ने बताएकी हुन्।

संघले दिएको बजेट असाध्यै कम भएको उल्लेख गर्दै मन्त्री पुनले कम बजेटलाई धेरै मिलाउनु पर्ने अवस्था आएको बताइन्। मन्त्रालयको यस बर्षको बजेट २ अर्ब १० करोड रुपैया मात्र रहेको उल्लेख गर्दैै मन्त्री पुनले बजेट प्रदेश सरकारले निर्धारण गरेका कार्यक्रम तथा योजना बाहेक अन्य खर्च गर्न नमिल्ने बताइन्। साँढे पाँच वटा मन्त्रालयको जिम्मेवार रहेको बताउदै मन्त्री पुनले आफुहरुले केही राम्रा योजना ल्याए पनि फाइनल गर्ने काम आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने गरेको गुनासो गरिन्।

खेलकुदको क्षेत्रमा विद्यालय स्तरबाट विकास गर्न एक निर्वाचन एक विशेष विद्यालय स्थापना गरिएको मन्त्री पुनले बताइन्। उनले भनिन“ हामी हाम्रो प्रदेशलाई खेलकुदको माध्यमबाट देश-विदेशमा चिनाउन चहान्छौं, सम्भावना भएका खेल र खेलाडीको हकहितको लागि कुनै पनि संघ संस्थासंग सहकार्य गरी अघि बढ्न सक्छौं । ”

गण्डकी प्रदेशमा कृषि कर उठाउने अधिकार भए पनि प्रदेशमा व्यवसायीक कृषक कम भएको मन्त्री पुनको भनाइ थियो । उनले भनिन “कुन चाहि कृषकले कृषि कर दिनसक्ने अवस्था छ हाम्रो प्रदेशमा, उल्लो अनुदान दिनु पर्ने अवस्था छ यहाँ । ” प्रदेश सांसद मीना गुरुङले नयाँ युवा पुस्तालाई खेलकुद क्षेत्रमा आषर्ण गर्ने गरी समाचार लेख्न खेल पत्रकारलाई आव्हान गरिन्।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारितामा हाल ठेकेदारी प्रथा हावी हुँदा मञ्चले यसको संस्थागत रुपमा विरोध गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको क्षमता बढाउनु पर्नेमा जोड दिए ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले मञ्चका अध्यक्ष एकराज गिरीलाई जिताउन लागेकाले एक बर्षीय कार्यकाल सफल भएको दाबी गर्दै खेलकुद पत्रकारितामा पनि खुरापाती हुने गरेको आरोप लगाए । मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पोखरा स्पोटर्स अवार्ड गरिने भएको जनाए । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा स्थापना हुने जनाए ।

मञ्च गण्डकीका उपाध्यक्ष रन्जन अधिकारीले मञ्चको बार्षिक साधारण सभामा पनि गणपुरक सङख्या नपुग्ने बताए । मञ्चमा हाल ५६ जना खेलकुद विटमा आवद्ध पत्रकारहरु रहेको महासचिव बिजय नेपालले बताए ।

महासंघ कास्कीका सल्लाहकार रमेश पौडेलले सिसि पत्रकारिताले सृजना पत्रकारिता हराउदै गएको टिप्पर्णी गरे । कार्यक्रममा एन्फाका उपाध्यक्ष कृष्ण थापा, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश बराल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button