भारतमा अब युरो-६ मापदण्डको पेट्रोलियम प्रयोगमा ल्याइने

पोखरा न्यूज – ०७ ,फागुन ।  भारतमा अब पछिल्लो युरो-६ मापदण्डको पेट्रोलियम पदार्थ प्रयोगमा ल्याइने भएको छ ।

अहिलेसम्म विश्वमा प्रयोग हुँदै आएको पेट्रोलियम पदार्थ मध्ये कै सर्वाधिक सफा र वातावरण मैत्री युरो-६ मापदण्डको पेट्रोलियम पदार्थको बिक्री वितरण यही अप्रिल १ देखि शुरु गरिने भारतीय आयल निगमले जनाएको छ ।

यस अघि युरो-४ मापदण्डको तेल चलाउँदै आएको भारत युरो-४ बाट सिधै युरो-६ मा उन्नत भएको हो । भारतीय आयल निगमका अध्यक्ष सन्जीव सिंहका अनुसार त्यहाँका सबै रिफाइनरीबाट युरो-६ मापदण्डको तेल प्रशोधित गरिनेछ र देशभरिको डिपोमा सोही तेल पुर्याइनेछ ।

भारतमा पेट्रोलियम पदार्थको मापदण्ड युरो-६ को साटो भारत स्टेज-६ नापिने भए तापनि दुवैको गुणस्तर एकै हुन्छ । युरो-६ मापदण्डको तेलमा प्रति दश लाख भागमा केवल दस भाग मात्र सल्फर हुन्छ जसले प्रदुषण कम गर्न ठूलो योगदान दिने विश्वास गरिएको छ ।

युरो-६ मापदण्डको तेल सुरक्षाका हिसाबले भने ज्यादा संवेदनशील हुने गर्दछ । भारतले सन् २०१० मा युरो-३ मापदण्ड, त्यसपछि २०१७ मा बल्ल युरो-४ मापदण्डको तेल प्रयोगमा ल्याएको थियो ।

भारतले युरो-६ मापदण्डको पेट्रोलियम प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि बाध्यकारी रुपमै भए पनि युरो-६ तेल प्रयोगमा आउनेछ । नेपालको शतप्रतिशत पेट्रोलियम आयात भारतबाटै हुने गर्छ ।

यसैलाई मध्यनजर गर्दै नेपाल आयल निगमले पनि युरो-६ मापदण्डको पेट्रोल बिक्रीका लागि प्रारम्भिक अध्ययन र तयारी थालिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button