राइजिङ सिगिंङ एण्ड डान्सिङ स्टारमा अस्मितालाई उपाधि

राजाराम पौडेल, पोखरा न्यूज – ०८ ,फागुन । पोखरामा आयोजित जिल्ला स्तरिय राइजिङ सिगिंङ एण्ड डान्सिङ स्टार २०७६ को उपाधि रुकुमकी अस्मिता पुनले जितेकी छन् ।

एमडी डान्स गुप्रले पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको अीन्तम प्रतिष्पर्धामा उनले उपाधि जित्न सफल बनेकी हुन् । प्रतियोगीतामा लमजुङकी अश्मिना गुरुङ फस्ट रनर्सअप र लमजुङकै समिक्षा अधिकारी सेकेन्ड रर्नसअप भए ।

विभिन्न चरणको प्रतियोगीता मार्फत उत्कृष्ट ५ जना छनोट गरी अन्तिम प्रतिष्पर्धा गराइएको थियो । उत्कृष्ट ५ मा पुग्नेमा पोखरा २१ कृस्तिकी सुस्मिता भण्डारी र पोखराकै प्रशान्त श्रेष्ठ समेत थिए । गायन तथा नृत्य क्षेत्रमा अगाडि बढ्न खोज्ने नयाँ प्रतिभालाई अगाडी बढ्न सहजता प्रदान गर्न कार्यक्रम गरिएको आयोजक माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्दका सुवास राईले बताए ।

कार्यक्रमको थप आर्कषणको रुपमा नृत्य र गायन प्रस्तुती समेत थियो ।

सम्बन्धित न्यूज

Back to top button