नवौं राष्ट्रिय खेलकुदको लागि पोखरामा खेल मैदानको खोजी

दीननाथ बराल, पोखरा न्यूज – ०९ ,फागुन । आगामी एक वर्ष पछि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न पोखरा क्षेत्रमा पनि सार्वजनिक जग्गामा सम्भावित खेल मैदानको लागि खोजि अभियान शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल सहितको एक टोलीले आज (शुक्रबार) पोखराका विभिन्न ठाउँमा खेल मैदान एवं प्रशिक्षणको रुपमा सम्भावित केही ठाउँको अध्ययन अवलोकन सहितको मैदान खोजि अभियानमा लागेको हो ।

टोलीले पोखराको पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण रंगशाला, क्याम्पसको सेतीनदी किनारामा रहेको खुल्ला चौर क्षेत्रको अवलोकन गर्दै सो क्षेत्रमा क्रिकेट र गल्फ खेलको प्रशिक्षण स्थलको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरेको छ ।

तस्बिर- सुदर्शन रञ्‍जित

 

त्यसै गरी पृथ्वीनारायण क्याम्पसमा बास्केटबल, हक्कि लगायतका खेलको प्रशिक्षण मैदानको रुपमा समेत प्रयोग गर्न सकिने भएको राखेप सदस्य सचिव शिलवालले बताए ।

गण्डकी प्रदेशका हरेक जिल्लामा न्यूनतम एक खेल संचालन गर्न  दिने गरी हाल आफुहरु प्रदेशको जिल्लासमेत भ्रमणमा रहेको उल्लेख गर्दै सदस्य सचिव शिलवालले सार्वजनिक स्थलहरुलाई विभिन्न खेल मैदानको रुपमा स्थानीयले संरक्षणमा अझ बढी चासो देखाउनु पर्ने बताए ।

टोलीले पोखराको पुरानो टुडिखेल मैदानको समेत अवलोकन गरेको छ । टोलीमा राखेपका सदस्य राजेश गुरुङ, एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, बगर भाईखलका दील बहादुर गुरुङ, लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Back to top button