पोखरामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

पोखरा न्यूज – ०९ ,फागुन । पोखराको फुलबारीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार बिहान अन्दाजी ७ बजेको समयमा पोखरा महानगरपालिका-११ फुलबारीमा स्कुटर दुर्घटनाग्रस्त हुँदा भोजपुरको रामप्रसाद गाउँपालिका-८ वार्षिखोडा स्थायी घर भएका राजकुमार राईको मृत्यु भएको हो ।

३० वर्षीय राई हाल पोखरा-११ रानीपौवामा बस्दै आएका थिए । दुर्घटनाको कारण नखुलिसके पनि स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा अस्पतालमै मृत घोषित गरिएको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Back to top button