पोखरामा कार दुर्घटना, एकको मृत्यु, ४ घाइते (नामावली सहित )

दीननाथ बराल, पोखरा न्यूज – ०९ ,फागुन । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार भ्याग्लुङ्ग खोलाबाट छोरेपाटन तर्फ  आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा  छोरेपाटन बेलघारीकी करिव २१/२२ वर्षीया जमुना क्षेत्रीको  घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका २०/२१ वर्षकी बिना मगर , ४ वर्षीय बालक अशिम मगर र साढे २ वर्षीया बालिका रेविका क्षेत्री घाइते भएको स्थानीयले जानकारी दिए ।

घाइतेहरुको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ । गुल्मी घर भएका  चालक शिव पाण्डेलाई  भने  सामान्य चोट मात्र लागेको  बताइएको छ ।

चालकले मापसे गरेर तिब्र गतिमा कार चलाउदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले  बताएका छन्  ।

सम्बन्धित न्यूज

Back to top button