पोखरामा ‘यो कस्तो महाभारत’ मञ्चन शुरु, शनिबार दूई सो मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०९ फागुन । पोखरामा शुक्रबारबाट नाटक ‘यो कस्तो महाभारत’को मञ्चन सुरु भएको छ । नाटक मञ्चनको शुरुवातमा कलाकारलाई हौसला प्रदान गर्नका लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ थिएटर पुगेका थिए ।

नाटक हेरिसकेपछि बोल्दै मन्त्री गुरुङले नाटकको विषयवस्तु गहन रहेको बताए । नाटकले आफ्नो मन जितेको भन्दै उनले पोखरामा नाटक मञ्चन हुने क्रम निरन्तर भएकोमा खुशी व्यक्त गरे । ‘समसामयिक विषयबस्तुमा बनेकोले मलाई यो नाटक विशेष लाग्यो’ उनले भने ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्त श्रेष्ठले यो नाटक मार्फत पोखरेली रंगमञ्ले नयाँ निर्देशक र नाटककार पाएको बताए । ‘महाभारतमाथी विभिन्न लेख लेखिदै आएपनि यो नाटकमा केहि पृथक प्रयोग गरिएको छ, दर्शकलाई यो स्वाद नयाँ लाग्छ’ उनले भने ।

दीपक पराजुलीले लेखेको यो नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीको यो नाटक दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका तयारी छ ।

नाटक पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार भएको छ । गुरुङले डेब्यु निर्देशनलाई परिपक्क बनाउन निकै मेहनत गरेका छन् । ‘मेरो दिर्नेशनमा कलाकारले गरेको मेहनतका कारण नाटक राम्रो बनेको छ’ निर्देशक गुरुङले भने । नाटक शनिबार दूई सो मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । शनिबार अतिरिक्त सो दिउँसो १ बजे र नियमित सो साँझ ५ बजे हुने उनले जनाए ।

नाटकमा धृतराष्ट्र र अश्वत्थामा को भुमिकामा निश्चल विमल, सञ्जयको भुमिकामा रोशन ज्ञवाली, भीष्मपितामहको भुमिकामा रमेश बाबु तिमल्सीना, दुर्योधनको भुमिकामा नवराज गिरी, शकुनीको भुमिकामा विष्णु तिमल्सीना, युधिष्ठिर भुमिकामा राजेन्द्र अधिकारी, अजुर्ननको भुमिकामा सरोज तिवारी, काशी नरेशको भुमिकामा सुमन तिमिल्सिना, नकुलको भुमिकामा उज्वल राज ढकाल, सहदेवको भुमिकामा गौरव पौडेल, कर्णको भुमिकामा एम.डि. काफ्ले, सैनिकको भुमिकामा अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गरेका छन् ।
एकघण्टा अवधिको नाटकले दर्शको मन जित्ने लेखक दीपक पराजुलीको विश्वास छ । सबैलाई एकपटक नाटक हेरेर प्रतिक्रिया दिन उनले आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button