काहुँडाँडामा गुराँस टिप्ने बिचार छ ? कारवाहीमा परिएला !

दीननाथ बराल, पोखरा न्यूज – १० ,फागुन । पोखराको पर्यटकीय स्थल काहुँडाँडा तथा धरहरा क्षेत्र यतिबेला गुराँस फुल फुलेर राताम्मे भएको छ । माघ महिना देखि नै काहुँडाँडा तथा धरहरा क्षेत्र गुराँस फुलेर राताम्मे भएको काहुँकोट देउराली मन्दिर तथा काहुँ धराहरा संरक्षण समितिका अध्यक्ष सुब्दार इन्द्र बहादुर गुरुङले बताए ।

आगन्तुक पाहुनाको स्वागतार्थ र पर्यटकलाई आकर्षण गर्न आफुहरुले आफ्नो क्षेत्रमा गराँस फुलको संरक्षण गर्दै आएको अध्यक्ष गुरुङले बताए । शनिबार काहुँडाँडा पुगेका पर्यटक मध्ये केही समितिको कारवाहीमा परेका छन् । गुराँस फूल टिप्दा शनिबार एकै दिनमा दुई जना कारवाहीमा परेका हुन् । समितिले पोखराका शक्ति सुनारलाई एक हजार र मनबहादुर मगरलाई ५० रुपैयाको जरिवाना गर्दै कारवाही गरेको हो ।

अर्कोमा काम गर्दैै आएका मगरसँग साथमा ५० रुपैया मात्र भएकोले एक हजार रुपैया अशुल्न नसकिएको अध्यक्ष गुरुङले बताए । समितिले काहुँडाँडा तथा धराहरा क्षेत्रमा फुलेका गुराँसको बोटमा गुराँस टिप्न मनाही छ यदि गुराँस टिपे एक हजार रुपैया जरिवाना लाग्ने छ भनेर सुचना नै टाँस गरेको छ ।

पोखराको मुख्य बजार देखि करिब ८ किलोमिटर टाडाको दुरीमा काहुँडाँडा पर्दछ भने समुद्री सतह देखि करिब १ हजार ४ सय ४३ मिटरको उचाईमा रहेको छ । काहुँडाँडा तथा धरहरा क्षेत्रमा शनिबार तथा बिदाको दिनमा वनभोज जानेहरुको भिड हुने समितिका अध्यक्ष गुरुङले जनाए । यस सिजनमा भने एकै दिनमा २० टिमसम्म आएको उनले जनाए ।

यसैबीच, आगामी ५ बर्ष भित्रमा ६ अर्बको लागतमा धर्मकाया बुद्ध मण्डला, बहुद्धेश्य भवन, यशोधा पार्क लगायतका भौतिक संरचना निर्माण गरिने भएको धर्मकाया बुद्ध मण्डला निमार्ण समितिका अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) ले बताएकी छिन् । उक्त योजनाको लागि हाल काहुँडाँडामा जमिन सम्याउने काम भएको छ ।

सम्बन्धित न्यूज

Back to top button