विष्णुको दोस्रो काव्यकृति ‘छोरीको कर्म’ लोकापर्ण

राजाराम पौडेल, पोखरा न्यूज – १० ,फागुन । कवि विष्णु परियारको दोस्रो काव्यकृति ‘छोरीको कर्म’ लोकापर्ण गरिएको छ । काव्यकृतिको शुभप्रभात साहित्य पुञ्जले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो ।

पोखरा थिएटर ग्रैहापाटनमा भएको कार्यक्रममा साहित्य क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । ‘छोरीको कर्म’ खण्डकाव्य छोरी भएर जन्मएपछि भोग्नुपरेका विभिन्न कथा तथा व्यथाको समिश्रण भएको खण्डकाव्यकी लेखिका विष्णु परियारले बताइन् ।

सुर्खेतमा जन्मिएकी विष्णु परियार शसस्त्र प्रहरी वलमा कार्यरत छन् । परियारको यसअघि २०७५ सालमा गजल संग्रह ‘सोखकोमात्रा’ प्रकाशित भएको थियो । उनका लोक दोहोरी गीत समेत यस अगाडिनै रेर्कड भएका थिए । उनको सानै उमेरदेखि साहित्य क्षेत्रमा रुचि थियो । कथा, कविता, एकांकी, गजल लगायतका विधामा उनले कलम चलाउँछिन् ।

साहित्य पुञ्जका अध्यक्ष मनु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद पौडेल, वरिष्ठ गजलकार प्रकट पंगेनी शिव, साहित्य पुञ्जका उपाध्यक्ष कृष्ण मर्सानी, सचिव लक्ष्मी शाही लगायतले कवि विष्णु परियारलाई सफलताको शुभकामना दिएका थिए । उनको नयाँ कृतिको बारेमा उनीहरु सबैले प्रशंसा समेत गरे ।

सम्बन्धित न्यूज

Back to top button