तस्बिरमा हेर्नुहोस् ‘यो कस्तो महाभारत’

राजाराम पौडेल, पोखरा न्यूज – ११ ,फागुन । पोखरामा नाटक ‘यो कस्तो महाभारत’को मञ्चन जारी रहेको छ । फागुन ९ गतेबाट मञ्चन शुरु भएको नाटक दोस्रो दिन दूई सो मञ्चन भयो । शनिबार अतिरिक्त सो दिउँसो १ बजे र नियमित सो साँझ ५ बजे मञचन गरिएको हो ।

दीपक पराजुलीले लेखेको यो नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीको यो नाटक दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका तयारी गरेको छ ।

नाटक पंच सुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार भएको छ । नाटकमा निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमल्सीना, नवराज गिरी, विष्णु तिमल्सीना, राजेन्द्र अधिकारी,सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल, गौरव पौडेल, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गरेका छन् ।

एकघण्टा अवधिको नाटकले नाटक हेर्न पुग्ने दर्शकको मन जितिरहेको छ । नाटक मार्फत देशको वास्तविक अवस्थालाई देखाउने प्रयास गरिएको छ ।

नाटक ‘यो कस्तो महाभारत’ का केही झलकहरु 

सम्बन्धित न्यूज

Back to top button