तनहुँमा दुई बस एकापसमा ठोक्किदा २० घाइते

पोखरा न्यूज – ११ ,फागुन । तनहुँमा आइतबार दुई बस एकापसमा ठोक्किदा २० जना घाइते  भएका छन् ।

दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस ठक्कर खाँदा २० यात्रु घाइते भएका हुन् ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Back to top button