एक अर्ब ४० करोड लागतमा पोखरामा बन्दै गरेको केवलकार

पोखरा न्यूज – ११, फागुन । पोखरा  फेवातालको किनार स्थित  सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्नेगरि निर्माण भैरहेको अन्नपूर्ण केवलकारको स्टेसन ।

माथिल्लो स्टेशनमा  भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण हुदैछ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भैरहेको छ ।   तल्लो तथा माथिल्लो स्टेसन र भवनको फिनिसिङको काम भैरहेको सो  केवलकारको हालसम्म निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न भएको बताइएको छ ।

प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केवलकार  प्रोजेक्ट शुरुमा एक अर्बको लागतमा पुरा गर्ने बताइएपनि अहिले  लागत एक अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ ।

करिब डेढ बर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको केवलकार प्रोजेक्ट कहिले जग्गा विवाद, कहिले प्राविधिक दक्ष कर्मचारीको अभाव र कहिले नट बोल्ट हराउने जस्ता विविध समस्याले ३ वर्ष भन्दा बढी समय बित्दा पनि ठ्याक्कै कुन मितिमा सम्पन्न हुन्छ भन्ने विषयमा अन्यौल छाएको छ  ।

उक्त केवलकारको लागि १८ वटा टावर निर्माण गरिएको छ । २ हजार २ सय ७५ मिटर लम्बाइको केवलकारमा १८ वटा डिब्बा ( गण्डोला) रहने छन भने प्रति गण्डोला ८ जनाको सिट क्षमता रहने छ ।

एउटा गण्डोला सामान बोक्नको लागि तथा बाँकी १७ वटा गण्डोला यात्रुको लागि प्रयोग हुनेछन्  । केवलकार करिब ३६ वटा भन्दा बढी गण्डोला क्षमताको भएको  बताइएको छ ।

यो पनि पढ्नुहोस् :-

पोखरा सराङकोट केवलकार निर्माण अवधि लम्बिँदा लागत ४० प्रतिशतले बढ्यो !

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button