इरान र टर्कीको सीमानामा ५.७ रेक्टर स्केलको भुइँचालो, ७ को मृत्यु

पोखरा न्यूज – ११ ,फागुन । इरान र टर्कीको सीमा नजिकै आइतबार बिहान ५.७ रेक्टर स्केलको भुइँचालो जाँदा टर्कीमा ७ जनाको मृत्यु भएको छ ।

पश्चिमी इरानको खोए शहरलाई केन्द्रविन्दु पारेर गएको भुकम्पले टर्कीको भ्यान प्रदेशमा मुख्य असर पुर्याएको हो । त्यहाँ तीन बालबालिका र चार वयस्कको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै भत्किएका घरको भग्नावशेषमा पुरिएर घाइते भएका पाँचजनालाई उद्धार गरेर अस्पताल पुर्याइएको पनि जनाइएको छ ।

भुकम्प पछि उद्धारका लागि आकस्मिक टोलीहरु खटाइएको छ भने क्षतिको विस्तृत विवरण आइसकेको छैन । युरोपियन भुमध्य सिस्मोलोजोकल केन्द्रका अनुसार भुकम्पको ५ किलोमिटर गहिराई मात्र रहेको थियो जसले गर्दा निकै बलियो धक्का महसुस भएको थियो ।

यस क्षेत्रमा पहिले पनि ठुला ठुला भुइँचालो गएको ईतिहास छ । अघिल्लो महिना मात्रै गएको भुइँचालोमा यस क्षेत्रका ४० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Back to top button