हात्तीको आक्रमणमा ३ को मृत्यु, ४ घाइते

पोखरा न्यूज – ११ ,फागुन ।  भारतको उडिसामा हातीको आक्रमणबाट ३ को मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

उडिसाको गोपिनाथपुर गाउँ अन्तर्गतको निमापारा र पिप्ली ब्लक क्षेत्रमा आइतबार एउटा रिसाएको हात्तीले गाउँले माथि आक्रमण गरेको थियो । घटनामा ३ जनाको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका हुन् ।

घाइतेहरुको अवस्था चिन्ताजनक रहेको र उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । खानाको खोजीमा मानव वस्ती परेको हात्तीले बालीनाली पनि तहसनहस पारेको थियो ।

घटनाको जानकारी पाएसँगै गाउँले, वनका अधिकारी र प्रहरीको संयुक्त टोलीले हात्तीलाई वस्तीबाट लखेट्न प्रयास थालेको थियो । प्रहरीले दिनको समयमा हात्ती बारीतिर डुल्ने हुँदा नजिस्क्याउन स्थानीयलाई अनुरोध गरेको छ भने राति भएसँगै प्रहरी आफैले हात्ती धपाउने बताएको छ ।

सम्बन्धित न्यूज

Back to top button