मुस्ताङमा एक विदेशी पर्यटकको मृत्यु

पोखरा न्यूज – ११ ,फागुन । मुस्ताङमा आइतबार मलेसियन पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ जिल्लाको वारागुङ् मुक्ति क्षेत्र गाउँपालिका-१ रानिपौवामा आज साढे १० बजे राजलिङ्गम नाम गरेका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मन्दिर दर्शन गरि फर्कने क्रममा बेहोश भइ ढलेका राजलिङ्गमलाई जोमसोम जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा डाक्टरले चेकजाँचका क्रममा मृत घोषित गरेको प्रहरीले जनाएको छ । मृतकको पासपोर्ट नम्बर ८४०८२९०२६ (840829026) रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Back to top button