म्याग्दी खोलामा अधबैंसे महिलाको शव फेला

पोखरा न्यूज – ११ ,फागुन । म्याग्दीमा आइतबार एक अधबैंसे महिलाको शव फेला परेको छ ।

आज (आइतबार) बिहान ९:४० बजेको समयमा म्याग्दी जिल्लाको मंगला गाउँपालिका-३ कसेरी सातबिसेमा अन्दाजी ३०-३५ उमेरकी महिलाको शव फेला परेको हो । म्याग्दी खोलाको बीचमा फेला परेको शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button