पोखरामा क्यान इन्फोटेक मेला शुरु

पोखरा न्यूज – ११ ,फागुन । पोखरामा क्यान इन्फोटेक मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक-२०२० शुरु भएको हो । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेलाको गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

११औं संस्करणको गण्डकी प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ फागुन ११ देखि १५ गतेसम्म जारी रहनेछ । सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले इन्फोटेक आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए ।

‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको भण्डारीले बताए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिने उनले बताए ।

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल एक्स्पोजर रहेको छ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिएको आयोजकको भनाई छ । क्यान महासंघले यसका निम्ती सार्वजनिक सूचना निकालेरै यससँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको सचिव सेवक क्षितिजले बताए । ‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधि भरि विजनेस टक प्रोग्राम सञ्चालन गरिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Back to top button