प्रियंका कार्की र आयुष्मान बने ट्रोलको शिकार

पोखरा न्यूज – ११ ,फागुन । नायिका प्रियंका कार्की र आयुष्मानको देशराज जोशीको नेपाली सिनेमा क्षेत्रमा अक्सर चर्चा चलि रहन्छ । कहिले के कहिले के … फिल्म क्षेत्रमा अनेक हर्कत गर्ने कलाकारमध्ये अग्र पंक्तिमा उनीहरुको नाम आउने गर्छ ।

फागुन १५ लाई बिहेको मिति तय गरेका प्रियंका र आयुष्मानले बिहेलाई सम्झन लायक बनाउन कम्मर कसेर लागि परेका छन् । खुकुरी रमको स्पोन्सरम ब्याचलर पार्टी मनाउँन थाइल्यान्ड पुगेकी प्रिपंकाको तस्बिरले केही समय अघि सामाजिक सञ्जाल खुब ततायो । यतिबेला पुन : उनका फियोन्सी आयुष्मानको तस्बिरले सामाजिक सञ्जाल खुब तताई रहेको छ ।

नझुक्किनुस्, राम्रो मानेमा भने होइन । उनी सामाजिक सञ्जालमा ट्रोलको शिकार भई रहेका छन् । प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचेको तस्बिरको नक्कल गर्दै उनले पनि आफ्ना साथीहरुसंग उस्तै तस्बिर खिचाएका छन् ।

जुन तस्बिरले उनलाई खिसीको पात्र बनाई रहेको छ । यसमा उनका भाई आशिरमान देशराज जोशीले पनि साथ दिएका छन् । उनीहरुको हर्कत हेर्दा यस्तो लाग्छ, यो जोडिलाई ट्रोलको शिकार हुन खुब मन पर्छ ।

सम्बन्धित न्यूज

Back to top button