पोखरामा प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु, २० देशका ९० पाइलट सहभागी

दीननाथ बराल, पोखरा न्यूज – ११ ,फागुन । पोखरामा सहासिक खेल प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको उच्च लेवलको “वल्र्ड कप एसियन टुर” २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु भएको छ ।

प्याराग्लाइडिङको अन्तराष्ट्रिय संस्था एफ.ए.आई र प्याराग्लाइडिङ वल्र्ड कप कमिटिले नेपालको पोखरामा वल्र्ड कप एशियन टुर आयोजना गर्न मान्यता दिएसंगै पोखरामा उक्त प्रतियोगिता आज आइतबारदेखि शुरु भएको हो ।

प्रतियोगिता फागुन १७ गतेसम्म पोखराको सराङकोटबाट उडान भरी निर्धारित दुरी अकासमा पार गरी प्रतियोगिहरु खपौदीमा अवतरण गर्ने भएका हुन्। प्रतियोगितामा नेपाल सहित २० देशका ९० जना प्याराग्लाइडिङ पाइलटहरुको सहभागिता रहेको हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुन ३० देशका एक सय २५ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराए पनि अन्तिम समयमा आएर कोरोना भाइरसका कारण केही देशका खेलाडीहरु सहभागि नभएका हुन्। नेपालबाट १३, कोरियाबाट १६, भारतबाट १४, अमेरीकाबाट ५, यूरोप, वेल्जियम, अष्ट्रिया लगायतका देश प्याराग्लाइडिङ पाइलटहरुको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगितामा महिला तथा पुरुष एकल तथा टिम इभेण्टमा हुनेछ । नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा पोखरामा इभेण्टमा पहिलो पटक भएको संघका महासचिव शैलेन्द्र रावतले बताए ।

एशियन प्याराग्ग्लाइडिङ पाइलटलाई विश्व र्याङकिङका खेलाडीहरुसंग राम्रो सिपको विकास गराउने उद्धेश्यले क्रस कन्ट्रि तर्फको इभेण्ट नेपालमा भएको अन्तराष्ट्रिय संस्थासंग समन्वय समेत गरेका पूर्व कप्तान विमल अधिकारीले बताए । एशियन खेलाडीहरुको क्षमता बृद्धि गरी प्याराग्लाइडिङको वल्र्ड कप सुपर फाइनलमा समेत पुर्याउने लक्ष्यका साथ प्रतियोगिता नेपालमा पहिलो पटक भएको उनले जनाए । नेपालमा हुने प्रतियोगिता यस वर्ष सुरक्षा र व्यवस्थापकिय दृश्टिले चुस्त भएमा अर्को वर्ष वल्र्ड कप आयोजना हुने धेरै सम्भावना रहेको अधिकारीले बताए ।

नेपाल भ्रमण बर्षको अवसरमा पोखरामा हुने प्रतियोगिताले नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुर्याउने भएको ना का अध्यक्ष भण्डारीले बताए । नेपाल पर्यटन बोर्डले प्रतियोगितामा प्रवर्द्धन गरेको छ । यस अघि पोखरामा क्रस कन्ट्रि तर्फ प्रि वल्र्ड कप र प्याराग्लाइडिङको एकुरेसी तर्फको इभेण्टमा स्याङजाको स्वरेक मैदानमा वल्र्ड कप भएको थियो । नेपालले प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको इभेण्ट तर्फ एसियन गेम्समा रजत पदक हात पर्न सफल भएको छ ।

नेपालमा हालै सम्पन्न भएको १३ औं सागमा न्यूनतम तीन देशको सहभागिता नहुँदा नेपालले यस प्रतियोगिताबाट पदक ल्याउन चुकेको थियो । २८ खेल मध्य प्याराग्लाइडिङ प्रतियोगिता सागमा संचालन भएन । साग राष्ट्रमा प्याराग्लाइडिङ खेल सरकारी स्तरबाट खेल संघ मान्यता नपाएको कारणले गर्दा पनि ओलम्पिकको झण्डा मुनि हुने खेलमा विभिन्न देशका खेलाडीहरु सहभागि हुन पाउदैनन्।

सम्बन्धित न्यूज

Back to top button