सिंहदरबारमा लागेकाे आगो नियन्त्रणमा

काठमाडौं : आइतबार साँझ सिंहदरबारभित्र आगोलागी भएको छ। सिंहदरबारस्थित नेपाल टेलिभिजनसँगैको हुलाक सेवा विभागको भवनमा आगलागी भएको हो।

बेलुका ७ः२५ बजे लागेको आगो २५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हुलाक सेवा विभाग रहेको भवनको भर्याङको सबैभन्दा माथिल्लो तलामा आगोलागी भएको प्रहरीले जनाएको छ। आगोलागीले केही कागजात जलेर नष्ट भएका छन्।

आगोलागी भएको थाहा पाउनेवित्तिकै सिंहदरबार परिसरमा रहेको प्रहरीको दमकल पुगी आगोलागी नियन्त्रणमा लिएको हो। प्रहरीले भने अनुसार चुरोटको ठुटो ननिभाई ठस्टविनमा फालेकोे आगो सल्कीएको हो। चुरोटको ठुटो कस्ले फाल्यो एकिन भएको छैन।

सम्बन्धित न्यूज

Back to top button