गुरुङ चलचित्र ‘शिरसुबा’ सेन्सर पास, बैशाखमा प्रर्दशन गर्ने तयारी

राजाराम पौडेल, पोखरा न्यूज – १२ ,फागुन ।  ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुतीमा निर्माण गरिएको चलचित्र ‘शिरसुबा’ सेन्सर पास भएको छ । चलचित्र निर्माण, प्रर्दशन र वितरण ऐन, २०२६ को दफा ८ बमोजिम केन्द्रिय चलचित्र जाँच समितिले सेन्सर पास गर्दै प्रर्दशन गर्न स्विकृति प्रदान गरेको हो ।

शिरसुबाले युनिभर्सल सर्टिफिकेट पाएको छ । कास्कीको रमणीय गाउँ घान्द्रुकमा छाँयाकन भएको गुरुङ भाषाको यो चलचित्रमा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, प्रिती गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, पुन बहादुर गुरुङ, राजेन्द्र बहादुर थापा, बालकलाकार अतीत गुरुङ आदी कलकारको अभिनय रहेको छ ।

चलचित्रको प्राविधिक टोलीमा चर्चित सिनेमेटोग्राफर सुशान्त प्रजापती, नवीन निरौला, पुरुषोत्तम पराजुली लगायतले काम गरेका छन् । चलचित्रको निर्माता बिमल गुरुङ हुन् । कथा पनि उनकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले दिएका छन् । गोरे गुरुङ र लप्सन गुरुङ गीतका कोरियोग्राफर हुन । सरुन गुरुङ र निशा गुरुङ चलचित्रका पाश्र्व गायक गायिका हुन ।

अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बिच आइपर्ने समस्यालाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको निर्देशक माओत्से गुरुङले बताए । चलचित्र नेपाली नयाँ वर्षको उपलक्ष्यमा बैशाख पहिलो साता प्रर्दशन गर्ने तयारी भइरहेको निर्देशक गुरुङले जनाए । यसअघि  ब्रेज  मेश्रो फिल्म प्रोडक्सनको पहिलो चलचित्र ‘भे्र’ लाई समेत दर्शकले रुचाएका थिए । यो चलचित्रबाट समेत दर्शकको माया पाउने निर्माणपक्षको विश्वास छ ।

सम्बन्धित न्यूज

Back to top button