पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ विद्यार्थी पक्राउ

पोखरा न्यूज – १२ , फागुन । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् ।

पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा, विशाल तिमिल्सिना लगायत ४ जना पक्राउ परेका हुन्।

त्यसैगरी नेविसंघका जिएमसी उपाध्यक्ष भिरध्वज जङ्ग पौडेल र सदस्य असिम पौडेल जिएमसी क्याम्पस अघिबाट पक्राउ परेका छन्  ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार  प्रधानमन्त्री ओली  पोखरा सभागृहमा आउने क्रममा बिरोध जनाउने विद्यार्थी पक्राउ परेका हुन् ।

मंगलबार सम्म चल्ने  प्रशिक्षण कार्यक्रममा  करिब १६ सय जना  सहभागी रहने बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button