पोखराको फेवातालमा डुंगा पल्टिँदा एक बेपत्ता

पोखरा : पोखराको फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।

पोखराको खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसी जानकारी दिए ।  डिएसपी केसीका अनुसार उनको खोजी कार्य जारी छ ।

बेपत्ता हुनेमा काठमाडौँका सुमित लुइँटेल रहेका छन्। काठमाडौंबाट आएका ३ मध्ये २ जनालाई नेपाली सेनाले रेस्क्यु गरेको छ । ऊनीहरुले सिङ्गल डुङ्गा लिएर गएका थिए । डुङ्गामा पानी भरिएर पल्टिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Back to top button