‘शरीर दुख्यो र रुघाखोकी लाग्यो भन्दैमा कोरोना संक्रमित हुन्छ भन्ने होइन’ (भिडियोसहित)

विश्वभर महामारीको रुपमा फैलिई रहेको छ नोवेल कोरोना भाइरस । चीनको ऊहान प्रान्तबाट उत्पति भएको यो भाइरस नेपालको लागि पनि टाउँको दुखाई बनि रहेको छ ।

नोवेल कोरोना भाइरस के हो ? जनमानसमा यसले कस्तो प्रभाव पारेको छ ?
कोरोना भाइरसको पेरिफेरि भित्र रहेर लेकसाइडको  सिवेक अस्पतालका फिजिसियन डाक्टर सरोज पोखरेलसंग पोखरा न्यूजका ऋषि खतिवडाले हाम्रो अनलाइन टेलिभिजन टक सो ‘हेल्दी लाइफ’का लागि गरेको कुराकानीको अंश :

कोरोना भाइरस के हो ? यो कसरी फैलिन्छ ? धेरैले बुझि सकेको अवस्था छैन । यसलाई कसरी बुझाउनुहुन्छ ?

कोरोना भाइरसबारे स्वास्थ्यकर्मीहरु त्यति जानकार रहेका देखिदैन । के हो त कोरोना भाइरस यसबारे बुझ्न नसक्दा यसबारे भ्रम पनि फैलिइरहेको छ ।

कुनै पनि रोगको बारेमा जानकारी लिन, त्यसको उत्पत्तिको बारेमा जानकारी लिनुप¥यो । सामान्यत रोग दुई किसिमका हुने गर्छन् । सर्ने र नसर्ने । सर्ने रोगहरु व्यक्तिबाट पनि सर्न सक्छ । जनावरबाट पनि सर्न सक्छ । नसर्ने रोगहरु भनेको व्यक्ति आफैंमा अथवा वंशाणुगत रुपमा हुन सक्छ । उदाहरणको लागि ब्लड सुगर डाइबेटिज, हाइपरटेन्सन आदी । सर्ने रोगहरु भनेको ब्याक्टेरिया, भाइरस, फङ्गस लगायतका माध्यमबाट सर्छ ।

यिनीहरुको माध्यमबाट सर्ने रोग हो कोरोना भाइरस । भाइरस डिजिजको माध्यमबाट कोरोना भाइरस लाग्छ । सन् १९६० ताका कोरोना भाइरस पत्ता लागेको थियो । शुरुमा जनावर सुँगुर, गाईहरुमा देखिएको थियो यो । यसको अध्ययन गर्दै जाँदा मानिसमा पनि यो देखियो ।
त्यति बलियो त होइन । नाम पनि दिइएको थियो ‘ओसी फोर्टी थ्री’, ‘कोरोना भाइरस—२२९’ । यसरी नामाकारण गरिएको थियो ।
१९६० पछि बिचमा देखिएन यो रोग । जनावरहरुमा सामान्य देखिए पनि मान्छेमा भने यो देखिएको छैन । मान्छेमा नदेखिएको भएर यसलाई त्यति महत्व पनि दिइएन । तर, २००२ मा आएर चीनकै एउटा प्रान्तमा सार्स ‘सिभ्यर एक्युर रेस्क्पेक्ट सिन्ड्रोम’ भनेर भेटिएको छ ।
अर्कै माध्यमबाट २००५ मा पनि देखियो, २०१२ मा साउदी अरबमा पनि यो ‘मिडिलिस्ट रेस्पेक्ट्री सिन्ड्रोम’ भनेर यो देखिएको थियो ।
२००२ मा देखिदा पनि नोवेल कोरोना भाइरस भनिएको थियो । पछि सार्स भनेर दिइयो । २०१२ मा पनि नोवेल कोरोना भाइरस भनियो । अहिले पनि सुरुमा नोवेल कोरोना भाइरस भनियो । तर, विश्व स्वास्थ्य संगठनले यसको नामाकरण गरेको छ । ‘सिओभिआइभी ९०’ ।
कोरोना भाइरस देखिने क्रममा नयाँ नयाँ फर्ममा देखिएको छ । यसको ७० प्रतिशत यसको फिचर २००२ को सार्स संग मिलेको हुनाले पनि सार्स टु कोरोना भाइरस पनि भन्छ यसलाई ।

कुन देशबाट यसको उत्पत्ति भएको थियो ?

यसबारे अध्ययन गर्दा त सुरुमा जनावरबाटै देखियो । गाई, सुँगुर र कुखुरामाथि यसबारे रिसर्च गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि ठ्याक्कै, यही देशबाट उत्पत्ति भएको थियो भनेर भन्न सकेको अवस्था छैन ।
त्यसपछि २००२ मा दोस्रो पटक चीनमा नै यो भाइरस देखिएको थियो ।

कोरोनो भाइरसको संक्रमण हुँदा ज्वरो आउँने, रुँघा÷खोँकी लाग्छ भन्ने आम बुझाई छ । यि लक्षण देखिएपछि, कोरोना भाइरस नै भएको भनेर कसरी प्रमाणीत हुन्छ ?

भन्न त हामी सबैले यो भाइरस डिजिज हो भनेर भनि रहेका छौं । दैनिक यति मान्छेलाई कोरोनाको संक्रमण भयो, यति मरे भनेर सुनि रहेका छौं, पढी रहेका छौं । हल्का शरीर दुख्यो, रुँघा लाग्यो भने पनि कोरोना भाइरस नै भयो भन्ने त्रास पनि छ । कोरोना भाइरस भएको पो हो की ? भनेर चेक गर्न आउनेको मात्रा पनि बढी रहेको छ ।

त्यसको लागि सिडिस (सेन्ट्रल अफ डिजिज कन्ट्रोल एण्ड प्रोभेन्सन) भन्ने गाइड लाइन्स छ । यसलाई केस डेफिनेसन भन्छौं ।
स्वास्थ्यकर्मी साथीहरुले यो प्रोटोगललाई फलो गर्नु भयो भने, अलिकति भए पनि सजिलो हुन्छ । केही समय अघि एक जना चिनियाँ नागरिक लेकसाइडको एक अस्पतालमा आएर हराउनु भयो भनेर भनेका छौं । चिनियाँ नागरिक देख्ने बित्तिकै केही भई हाल्छ कि भनेर डराएको अवस्था पनि छ ।

हामी स्वास्थ्यकर्मीहरुले के बुझौं भने, कुनै पनि मानिसले चीन भ्रमण गरेको छ कि छैन ? सुरुमा ऊहानबाटै ट्राभल गरेको हुनुपथ्र्यो । अरु सिटीबाट होइन । अहिले नयाँ परिभाषा के छ भने ऊहान ट्राभल गरेको हुनुप¥यो । त्यो पनि १४ दिन भित्रमा ।
यसको संक्रमण ० देखि ६ दिनसम्म भनिएको छ । तर, २ देखि १४ दिनभित्र यसको सिम्टोम्स देखिन्छ । क्वारेन्टाइनमा २ हप्ता राख्ने भनेको पनि त्यसै कारणले हो ।

कोरोना भाइरस संक्रमितसंग नजिक भएको अथवा ज्वरो आएको कोही छ भने, ज्वरो डकुमेन्टेड पनि हुन सक्छ । डकुमेन्टेड १००.४ भनेको छ । श्वासप्रश्वास सम्बन्धि समस्या भएकोलाई पनि संक्रमण भयो भनेर शंका गर्न सकिन्छ । साधारण रुँघा, खोँकी लाग्दा श्वास फेर्न अप्ठ्यारो हुँदैन ।

चाइना ट्राभल गरेको, कोरोना भाइरसको संक्रमित संग नजिक भएको र श्वासप्रश्वासमा अप्ठ्यारो भएको कोही छ भने, बल्ल आइसोलेसन गर्ने भनेर सोच्नु प¥यो । त्यसपछि बल्ल घर पठाउने हो कि थप उपचारको लागि माथि रिफर गर्ने हो भनेर सोच्नु प¥यो ।
यो प्रोटोकलमा रहेर उपचार गर्नुभयो भने कोही पनि आत्तिनु पर्ने अवस्था रहँदैन ।

कति दुरिसम्म नजिक भयो भने यसको संक्रमण हुन सक्छ ?

किताबमा ६ फिट टाढा हुनुपर्छ भनिएको छ । यसको सर्ने प्रक्रिया हाँछ्यु गर्दा, श्वासप्रस्वासबाट, ¥यालहरु निस्किदा भन्ने छ ।
छोटो समयमा कोरोना भाइरसबाट धेरै जना संक्रमित भएको हुनाले अझै धेरै केयरफुल हुनुपर्छ भन्ने छ । एउटै घरमा बस्ने, एउटै रुम सेयर गर्ने, दुई मिटर भन्दा नजिक हुने, संक्रमितलाई केयर गर्नेहरुलाई यो भाइरस सर्ने एकदमै धेरै सम्भावना रहन्छ ।

श्वासप्रश्वासबाट कसरी सर्छ ? श्वासप्रश्वास भन्नाले त हावाबाट भन्ने भएन र ?

हावलाई प्रमाणीत गरि सकेको अवस्था छैन । मुख्य त हाँछ्यु गर्दा थुकको छिटा नै हो । तपाईंले अघि भन्नु भयो कोरोना भाइरस संक्रमित छुट्याउँन पहिला चाइनाबाट आएको हो कि होइन भनेर चिन्नु प¥यो । तर, अहिले त विश्वव्यापी रुपमा फैलिई रहेको छ नि !

एकदमै राम्रो प्रश्न गुर्नभयो । यो रोगको हिस्ट्रि तपाईंले हेर्नुभयो भने, तिन प्रकारले यो रोग फैलिएको देखिन्छ । एउटा सानो क्षेत्रमा, अर्को दुई वा त्यो भन्दा बढी क्षेत्रमा, तेस्रो विश्वव्यापी रुपमा फैलिने ।

सुरुमा यो चाइनाको ऊहान सिटीको हवेई प्रान्तमा देखियो । मान्छेहरुलाई त्यो क्षेत्रमा मात्रै छ । त्यो क्षेत्रको मान्छेलाई मात्रै याद गर्नुस् भन्ने भयो । डिसेम्बरेकोे लास्ट विकमा मान्छेहरुलाई खोँकी लाग्ने, निमोनिया हुने, औषधी गर्दा ठिक नहुने, डेथ पनि भयो ।

मान्छेहरुलाई यसले अलर्ट पनि बनायो । इन्भेस्टिगेसन भएर नै डिसेम्बर २५ तिर यो रोग पत्ता लागेको हो । त्यसपछि यो फैलिदै गयो । सुरुमा यो हुवेईमा मात्रै थियो । त्यसपछि बेइजिङ, चङ्चु हुँदै चाइनाको अरु सिटीमा पनि फैलिन थालेपछि, अन्यत्रबाट आएकोमा पनि सजग हुनुप¥यो ।

सम्बन्धित न्यूज

Back to top button