पोखरामा नेविसंघले चरणबद्ध आन्दोलन गर्ने (विज्ञप्तिसहित)

पोखरा । आफ्नो कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको छ । नेविसंघ पृथ्वीनारायण इकाई समितिले विज्ञप्ति जारी गर्दै मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

गत बिहीबार अनेरास्ववियु र नेविसंघबिच पिएन क्याम्पस परिसरमा कुटाकुट हुँदा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भिर घाईते भएका थिए । घाईतेद्वयको उजुरीको आधारमा प्रहरीले नेविसंघ सभापतिका उम्मेद्वार रेशम हमाल (राजेश)लाई सोमबार बिहान पक्रेको थियो ।

हमाललाई पक्रेको विरोधमा नेविसंघले गण्डकी प्रदेश सभा अघि आधि घण्टा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेको थियो । यस्तै, चिप्लेढुंगाअघि पनि नेविसंघका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । टायर बालेर चक्काजाम गर्ने दुई जनालाई प्रहरीले चिप्लेढुंगाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई अहिले छोडि सकेको छ ।

बिहीबारको पिएन क्याम्पस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेवि संघ कास्कीका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यता, क्याम्पस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरि आफ्ना कार्यकर्ता राजेशलाई पक्राउ गराएको नेविसंघको आरोप छ ।
नेवि संघ कास्कीले मंगलबार पिएन क्याम्पस अघि चक्काजाम सहित विरोध गर्ने कार्यक्रम तय गरेको छ । यस्तै, सरकारी गाडिलाई आवागमनमा रोक लगाउँने र १५ गतेदेखि अनिश्चितकालिन कास्कीका शैक्षिक संस्था पूर्ण रुपमा ठप्प गराउँने नेविसंघका निर्वतमान

सदस्य भानु ढकालले जानकारी दिएका छन् ।
जिएमसि क्याम्पस नजिकैबाट प्रहरीले कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँन प्रयास गर्ने दुई जना नेवि संघका कार्यकर्तालाई पनि नियन्त्रणमा लिएको छ । समाजवादी विद्यार्थी संघका ४ जना कार्याकताले नि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँने कोसिस गरेका थिए । उनीहरु अहिले प्रहरीको निगरानीमा छन् ।

सम्बन्धित न्यूज

Back to top button