प्रेम गीत ३ को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

राजाराम पौडेल, पोखरा । चलचित्र ‘प्रेम गीत ३’ को शिर्षक गीत सार्वजनिक गरिएको छ । ‘हर युग होस् प्रेमको गीतको’ बोलको गीतको भिडियोमा प्रदिप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।

राजेश कुमार श्रेष्ठले लेखेको गीतमा प्रताप दास र प्रबिशा अधिकारीले आवाज भरेका छन् । गीतमा संगीत अलिषा कार्कीको रहेको छ । आगामी चैत २८ मा प्रदर्शन हुने यो चलचित्र लभ स्टोरी चलचित्र हो । प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित छ ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगीशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजन बस्नेत, राज थापा आदी कलाकारको अभिनय हेर्न पाइनेछ ।

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा कल्याण सिंहको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘प्रेम गीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन् । चलचित्रबाट दर्शकको अथाह माया पाउने निर्माणपक्षको आशा छ ।

सम्बन्धित न्यूज

Back to top button