नेविसंघले पोखरामा १२ वटा सरकारी गाडि नियन्त्रणमा लियो

पोखरा । नेविसंघ कास्कीले १२ वटा सरकारी गाडि नियन्त्रण्मा लिएको छ । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ ।

नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतकमा ठाउँमा टायर बालेर विरोध जनाएको छ । बिहान करिब १० बजेतिर पिएन क्याम्पसमा प्रहरी र नेविसंघ बिच हानाहान हुँदा नेविसंघकका सुजन लामिछाने गम्भिर घाइते भएका थिए ।

पिएनमा ढुंगा हानाहानपछि नेविसंघले कोणसभा पनि गरेको थियो । कोणसभामा आफ्ना कार्यकर्तालाई नियोजित रुपमा फसाउँन खोजिएको भन्दै वक्ताहरुले कडा आलोचना गरेका थिए ।

नियन्त्रणमा लिइएको गाडिमध्ये एउटा गाडि गण्डकी प्रदेशका मन्त्रीको रहेको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले जानकारी दिए । नेवि संघले क्याम्पस प्रशासनको मुख्य गेटमा ताला समेत लगाएको छ ।

 

सम्बन्धित न्यूज

Back to top button