फेवातालमा शव भेटियो, सनाखत हुन बाँकी

पोखरा न्यूज । पोखराको फेवातालमा एक जनाको शव भेटिएको छ । मंगलबार दिउँसो खपौदी क्षेत्रबाट उक्त शव भेटिएको हो ।

हिजो दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट काठमाडौंबाट आएको टोली सिंगल डुंगा लिएर हिँडेको थियो । डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए । बाँकी २ को सकुशल उद्दार गरिएको थियो ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालका अनुसार भेटिएको शब हिजो डुंगा दुर्घटना हुँदा हराउँनेको भएको आंशका गरिए पनि सनाखत हुन भने बाँकी नै छ । भेटिएको शब काठामाडौंबाट आएका सुमित लुईटेलको  हुन सक्ने प्रहरीको अनुमान छ ।

अपडेट : पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

सम्बन्धित न्यूज

Back to top button