विश्वकै पाका पुरुषको १ सय १२ वर्षमा निधन, जन्मदिन मनाउने रहर अधुरै

पोखरा न्युज ।  यसै महिना विश्वकै पाका पुरुषको रेकर्ड कायम गरेका जापानी नागरिकको आइतबार निधन भएको छ ।

यही फेब्रुअरी १२ मा सर्वाधिक पाका पुरुषको गिनिज रेकर्ड आफ्नो नाममा दर्ता गराएका चितेत्सु बातानाबेको १ सय १२ वर्षको उमेरमा मृत्यु भएको हो ।

जापानको निगातामा बस्दै आएका बातानाबे सन् १९०७ मा जन्मेका थिए । उनको मृत्युको कारण नखुलाइए पनि पछिल्लो समय उनलाई खानपान तथा श्वासप्रश्वासमा कठिनाई देखिएको बताइएको छ । चितेत्सु यही मार्च ५ मा १ सय १३ वर्ष पुग्नेवाला थिए ।

उनका ५ छोराछोरी, १२ नातिनातिना, १६ पनातिपनातिनी रहेका छन् । विश्वकै सर्वाधिक पाका पुरुष घोषित भए पछि उनले लामो जीवनको राज हाँसो र खुशी जीवन भएको प्रतिक्रिया दिएका थिए ।

विश्व कै सर्वाधिक पाको व्यक्तिको कीर्तिमान भने जापानकै केन तानाकाको नाममा छन् । उनको उमेर १ सय १७ वर्ष भइसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button