जगदम्बा आमा समुहको अध्यक्षमा अधिकारी, २७ सदस्यीय नयाँ समिति गठन

पोखरा । जगदम्बा आमा समुहको अध्यक्षतामा चन्द्रकला अधिकारी चयन भएकी छन् ।

बुधबार पोखरामा सम्पन्न  चौधौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ  समिति गठन भएको आमा समुहकी निर्वतमान अध्यक्ष दुर्गा पहारीले जानकारी दिइन।

समितिको उपाध्यक्षमा हेमा पहारी, द्वितिय उपाध्यक्षमा सीता पहारी (क) र तृतीय उपाध्यक्षमा सीता पहारी (ख) चयन भएका छन् । त्यसैगरी सचिवमा  बुद्धिमाया कोइराला र सह-सचिवमा गुमा पहारी, कोषाध्यक्षमा सन्ध्या पराजुली( घिमिरे ) र  सह-कोषाध्यक्ष गीता पहारी चयन भएका हुन् ।

कार्यक्रममा  प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, गण्डकी प्रदेश सांसद राजीव पहारी लगायत सामाजिक व्यक्तित्व, पर्यटन व्यवसायी तथा  आमा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सांसदद्वय भट्टराई र पहारीले आमा समुहले स्थानीय स्तरमा उल्लेखनीय कार्य गरेको भन्दै  समुहको प्रशंसा गरेका थिए ।

सम्बन्धित न्यूज

Back to top button