पोखराको लेकसाइडमा ५ करोड लागतमा अत्याधुनिक कुटी बैंक्युट सञ्चालनमा

पोखरा । पोखराको लेकसाइडमा सुबिधासम्पन्न कुटी बैंक्युट सञ्चालनमा आएको छ । पोखराको लेकसाइडस्थित बगैँचामार्गमा ५ सय जनालाई एकैपटक  सेवा दिन मिल्ने गरि उक्त बैंक्युट फागुन दोस्रो साताबाट सञ्चालनमा आएको सञ्चालक युवा व्यवसायी देवेन्द्र केसीले बताए ।

पर्यटकीय क्षेत्र लेकसाइडमा सभा/सेमिनार, बिहे ब्रतबन्ध तथा ठुला पार्टीका लागि उपयुक्त स्थलको अभाव भयो भन्ने गुनासो आएपछि त्यसैलाई मध्यनजर गर्दै प्रशस्त पार्किङ्/गार्डेन र सेवा सुबिधासहित बैंक्युट सञ्चालनमा ल्याइएको सञ्चालक केसीले उल्लेख गरे ।
आफुहरुले ८०  र २ सय क्षमताका २ वटा सेमिनार हल पहिले नै सञ्चालनमा ल्याएको भएपनि ठुलठुला कार्यक्रम र पार्टीहरुलाई मध्यनजर गर्दै समयको माग अनुसार बैंक्युट तयार पारेको उनले जनाए । बैंक्युट र सेमिनार हलका लागि ५ करोड लगानी भएको केसीले बताए ।

फुल एसी र साउण्डप्रुफयुक्त बैंक्युट नेपाली स्थानिय काठ र माटोको प्रयोग गरि कलात्मक तरिकाले निर्माण गरिएको सञ्चालक केसीको भनाइ छ । गोप्य मिटिङ तथा भिआइपी व्यवस्थापनका लागि बैंक्युटमा भिआइपी क्याबिन तथा प्राइभेट कक्ष समेत निर्माण गरिएको उनले बताए । बैंक्युटमा ६० वटा सम्म गाडी अट्ने पार्किङ् स्थल रहेको र एकैपटक ५ सय जना सम्मलाई सेवा दिन सकिने केसीले जनाए। अव बैंक्युट र हलमा गरि ८ सय जनालाई कुटीले एकैपटक सेवा दिन सक्ने उनको भनाइ छ ।

बिगत ४ वर्षदेखि थ्री स्टार सरह कुटी रिसोर्ट र १ बर्षदेखि होटल कुटी समेत सफलतापूर्वक सञ्चालन गरिरहेका केसीको कुटी ब्राण्डको यो तेस्रो ठुलो लगानी हो । करिव ३ रोपनी क्षेत्रफलमा उनले सञ्चालन गरेको कुटी रिसोर्ट र होटल कुटीमा गरि ९१ वटा सुविधा सम्पन्न रुम रहेका छन् । इण्डोर हिटर सहितको स्वीमिङ पुल युक्त रिसोर्टको नेपाली र कन्टीनेन्टल खानाका परिकार पस्किने कौशी रेष्टुरेण्टमा हरेक साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गर्दछ । रिसोर्टको अर्गानिक क्याफेमा होम मेड वेकरी र सम्पूर्ण फ्लेवरका अर्गानीक कफि उपलब्ध हुन्छ । स्टीम, साउना सहितको स्पा , ज्वेलरी, विविध सामाग्रीहरुको  शप लगायतको सेवा कुटीले प्रदान गर्दै आएको छ ।

रिसोर्ट/ होटल र अन्य कुटी ब्रान्डका क्षेत्रमा गरि २ सय जना कर्मचारी रहेको र हालसम्म कुटी ब्राण्ड का क्षेत्रमा ३५ करोड लगानी भएको सञ्चालक केसीले जनाए । कुटीको अर्को ब्राण्ड, शारीरिक व्यायाम गर्न आवश्यक सामाग्री सहितको कुटी जिम संचालनको क्रममा रहेको समेत सञ्चाल केसीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button