पोखराको सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण

पोखरा । नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक पोखरामा अनावरण गरिएको छ ।

अधिकारीको शालिक उनको अकल्पनीय निधन भएको एक वर्षको  पुण्यतिथिमा पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा अनावरण गरिएको हो ।

शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, उनकी धर्म पत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले अनावरण गरेका हुन् ।

सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले रवीन्द्रको मुर्ति तयार पारेर सहिद पार्कको पूर्वी भागमा राखिएको  पूर्ण कदको रंगीन शालिकमा अन्य सहभागीहरुले पनि माला अर्पण गरेका थिए । उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिदै छ ।

उनले  ६ महिना लगाएर उनले यो मुर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो ।  कार्यक्रममा सहभागी वक्ताहरुले रविन्द्र ले छोडेका सपनाहरुलाई पछ्याउँने प्रतिबद्धता गरेका थिए ।

चोकका शालिकलाई पार्कमा राख्ने योजना अनुसार बनि रहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारि सक्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

रविन्द्रसहित सहिद पार्कमा राष्ट्र एकिकरणका अभियन्ता पृथ्वीनारायण शाह र अन्य १८ सहिदका शालिक छन् । सहिद पार्कमा कफी सप र सेमिनार हल पनि थपेर पर्यटकीय गन्तव्य बनाउँन तर्फ महानगर लागि परेको मेयर जीसीले बताए ।

आजै रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम स्मृति दिवसलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउँदै छन् । पोखराको सभागृहमा उक्त समारोह आयोजना हुँदै छ ।

सम्बन्धित न्यूज

Back to top button