पोखरामा हुने चिकित्सक सम्मेलनमा सार्क राष्ट्रका चिकित्सक सहभागि नहुने

दीननाथ बराल । कोरोना भाइरसका कारण सार्क राष्ट्रका चिकित्सक पोखरामा हुने चिकित्सक सम्मेलन (एनिमिकन) मा सहभागि नहुने भएका छन्। कोरोना भाइरसका कारण भारतसहित सार्क राष्ट्रका चिकित्सकहरु बिहीबारदेखि पोखरामा हुने चिकित्सक सम्मेलन (एनिमिकन) सहभागि नहुने भएको नेपाल चिकित्सक संघ गण्डकी प्रदेशले जनाएको छ ।

यही फागुन १७ गतेसम्म पोखरामा संचालन हुने कार्यक्रममा सहभागि हुने तयारी गरेका सार्क राष्ट्रका चिकित्सकहरु अन्तिम अवस्थामा कोरोना भाइरसका कारण सहभागी नहुने जनाएका हुन्। भारतले कोरोना भाइरसका कारण आफ्ना देशका चिकित्सकलाई देश बाहिर नजान आव्हान गरेको छ ।

यस अघि नेपालको धरानमा भएको १७ औं संस्करणको एनिमिकनमा सार्क राष्ट्रका करिब ६ सय जना चिकित्सक सहभागी भएको एनिमिकन गण्डकी शाखाका महासचिव डा.कृष्ण चन्द्र रिजालले बताए । उनका अनुसार विदेशी चिकित्सक मात्र अघिल्लो संस्करणमा एक सय जना सहभागि भएका थिए । कार्यक्रममा वेलायतबाट दुई जना चिकित्सक सहभागि हुने छन्। कोरोना भाइरस विरुद्ध संघले सरकारसंगको समन्वयमा सचेतना सहितका अन्य कार्यक्रम गर्न तयार रहेको जनाएको छ ।

संघ गण्डकी प्रदेशको आतित्थ्यतामा बिहीबारदेखि पोखरामा हुने एनिमिकन मा देश तथा विदेशबाट आमन्त्रित चिकित्सकहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धिका लागि २८ औं एनिमिकन पोखरामा हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कार्यक्रममा संघिय गणतन्त्र नेपालमा स्वास्थ्य प्रणाली, अवसर र चुनौतीहरु बिषयक वृहत छलफल समेत हुने संघ प्रदेश अध्यक्ष प्रा.डा. निर्मल लामिछानेले बताए । यही फागुन १७ गतेसम्म चल्ने  कार्यक्रम पोखराको मणिपाल शक्षिण अस्पताल र पोखरा ग्राण्डमा हुने अध्यक्ष लामिछानेले जनाए । कार्यक्रमबाट पोखरा घोषणा पत्र जारी गरी सरकारलाई सुझाव समेत दिइने भएको उनले जनाए ।

उक्त अवसरमा संघका नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिनेछ । लोचन कार्कीको अध्यक्षतामा आगामी तीन बर्षिय  नयाँ कार्यसमिति हालै चयन भएको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कार्कीले केही समय अघि स्वास्थ्य क्षेत्रमा कर्मचारी समायोजन भएकोले सरकारले तत्काल पुनः अनावश्यक रुपमा समायोजन गरेको आरोप लगाए ।

उनले भने “डेढ करोड जनता हुदा भएको कर्मचारी दरवन्दी ३ करोड जनतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, दरबन्दी बढाउनु पर्यो, केही ठाउँमा बेहोस पार्ने चिकित्सक छन तर केही ठाँउमा अप्रेस गर्ने चिकित्सक छन तर बेहोस पार्ने चिकित्सक छैनन्। ” प्रा.डा. बुद्धिबहादुर थापाले पोखरा क्षेत्रमा चिकित्सकको अभाव नभएको दाबी गरे ।

सम्बन्धित न्यूज

Back to top button