यी हुन् कोरोना पुगेको ४५ देश

पोखरा न्यूज ।  छिमेकी चीनमा गत डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस हालसम्म विश्वका ४५ देशमा देखा परिसकेको छ ।

भाइरसबाट कुल २७ सयको मृत्यु भएको छ भने ८१ हजार जना संक्रमित भइसकेको छन् । चीनलाई आक्रान्त पारेको भाइरस हाल युरोप र अरब मुलुकहरुमा फैलिन थालेको छ । चीनबाहिर मात्रै ४५ देशमा ३५ सय जनामा भाइरस पुष्टि भएको छ जसमध्ये ७ सय जना जापानको डायमण्ड प्रिन्सेसका यात्रु हुन् ।

अहिलेसम्म भाइरस देखिएका देशहरु अफगानिस्तान, अल्जेरिया, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बेल्जियम, ब्राजिल, कम्बोडिया, क्यानडा र क्रोएसिया रहेका छन् । त्यस्तै डेनमार्क, इजिप्ट, इस्टोनिया, फ्रान्स, फिनल्यान्ड, जर्जिया, जर्मनी, ग्रीस, हङकङ, भारत, इरान, इराक, इजरायल र इटालीमा पनि कम्तिमा एक जनामा भाइरस फेला परेको छ ।

जापान, मकाउ, कुवेत, लेबनान, मलेसिया, नेपाल, मेसोडोनिया, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, रोमानिया, रसिया, सिङ्गापुर, स्वीजरल्यान्ड, दक्षिण कोरिया, स्पेन, भियतनाम, श्रीलंका, स्वीडेन, ताइवान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र अमेरिकामा पनि कोरोना संक्रमण देखिइसकेको छ ।

सम्बन्धित न्यूज

Back to top button