बियर कम्पनीमा ५ सहकर्मीको गोली हानी हत्या, गोलीकाण्ड पश्चात् आत्महत्या

पोखरा न्यूज ।  अमेरिकाको मोल्सन कोर्स नामक बियर कम्पनीका एक कर्मचारीले आफ्ना ५ सहकर्मीको गोली हानेर हत्या गरेका छन् ।

बुधबार दिउँसो अमेरिकाको विस्कन्सिन राज्यको सबैभन्दा ठूलो शहर मिल्वाकीमा भएको घटनामा एक ५१ वर्षीय पुरुषले ५ जनाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् ।

१ हजार भन्दा बढी कर्मचारी काम गरिरहेको बेला ती व्यक्तिले गोलीकाण्ड मच्चाएका थिए । कम्पनीका सक्रिय कर्मचारी रहेका ती व्यक्तिले हत्या पश्चात् आफैलाई गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।

घटना पछाडिको कारण खुलिनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । २० भन्दा बढी भवन भएको सो कम्पनीमा गोलीकाण्ड भने एउटै भवनमा भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारलाई श्रद्धाञ्जली दिदैँ गोलीप्रहार गर्ने व्यक्तिलाई क्रुर हत्याराको संज्ञा दिएका छन् । सन् २००४ यता विस्कन्सिनमा भएको यो एघारौं गोलीकाण्ड हो ।

सम्बन्धित न्यूज

Back to top button