अहिले खुँडा खुकुरी लिनुपर्ने अवस्था छैन थन्काए हुन्छ : मन्त्री भट्टराई

दीननाथ बराल ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा पार्टी भित्रको विवादलाई लिएर हाल खुँडा खुकुरी लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै खुँडा, खुकुरी थन्क्याउन आग्रह गरेका छन्। पुर्व पर्यटन मन्त्री रबिन्द्र अधिकारीको प्रथम स्मृति सभामा बिहिबार सम्वोधन गर्दै मन्त्री भट्टराईले पार्टी भित्रको विवादलाई लिएर सामाजिक सञ्जालमा खुँडा, खुकुरी लिएर हिड्ने अवस्था देखिन लागेको उल्लेख गर्दै हाल खुँडा, खुकुरी लिनुपर्ने अवस्था नभएकोले थन्क्याउन आग्रह गरेका हुन्।

धेरै अनुभवी करिब १४ बर्ष जेलमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली, सेकेण्ड सेकेण्डमा मृत्युको मुखबाट बचेका पुष्पकमल दाहाल प्रचण्डले ठुलो पार्टी नेकपा भित्रको विवादलाई साम्य पार्ने मन्त्री भट्टराईले विश्वास व्यक्त गरे । उनले भने “ नेकपा भित्र हाल २-४ रेक्टेलको भूकम्प गएको छ, हाम्रो पार्टीमा गएको भूकम्पले हाम्रो घर कतै चर्कीएको पनि छैन, यदि चर्कीएमा इन्जिनियरहरुले रेक्टोफिट गरे जस्तै हाम्रो पार्टी भित्र पनि इन्जिनियरहरुले रेक्टोफिट गर्नेछन् जसले गर्दा हाम्रो पार्टी सकुसल ठडिनेछ । ”

अकल्पनिय रुपमा शत्रुता भएका दुई कम्म्युनिष्ट पार्टी एक भएर आएको अवस्थामा नेकपा पार्टी एकिकरण महाधिवेसनबाट हुने जसले गर्दा पार्टी भित्र रहेको संक्रमणकालिन समय समेत समाप्त हुने उनले विश्वास व्यक्त गरे। उनले भने “ अबको ५ बर्ष पछि पनि नेकपा पार्टी सडकमा आउने छैन, सिंहदरबार, मुखयमन्त्रीको कार्यालयमा रहने छ, ५० बर्षसम्म सासन गर्ने हामी तागत राख्छौं । ”ऐतिहासिक जिम्मेवार सहित प्रत्यक्ष नेताको पालो आउने मन्त्री भट्टराईले बताए ।

रबिन्द्र अधिकारीका धेरै राम्रा कामको आफुले निरन्तरता दिदै आएको उल्लेख गर्दै मन्त्री भट्टराईले वैशाव २२ गते अधिकारीको जन्मदिनको अवसरमा पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने पर्यटन व्यवसायी र पत्रकारलाई रबिन्द्र स्मृति पुरस्कार प्रदान गरिने भएको जनाए । नेपाली कागेंस नेता विहिन भएको टिप्पणी गर्दै मन्त्री भट्टराईले नेकपा भित्र ४ जना प्रधानमन्त्री भएका अनुभवी व्यक्तिहरु भएको दाबी गरे ।

पार्टीहरुको पनि शेयर बजारमा मापन हुने भए नेकपाको यति बेला शेयर धेरै माथि पुगेको तर कागेंसको तल झरेको मन्त्री भट्टराई दाबी गरे । सामाजिक मुल्य मान्यता माथि रहेको ठुलो पार्टी भएकोले हिसावले अन्य पार्टी भन्दा नेकपा माथि रहेको उनले जनाए ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला मन्त्रीहरुले बिबाद गर्नु पार्टीको हित विपरित भएको टिप्पर्णी गर्न थालेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले रबिन्द्र अधिकारीको सपना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल पनि एक भएकोले उक्त अभियान सफल पारी छाड्ने दाबी गरे ।

नेकपा पार्टी पानीले खाएर मोटाए जस्तो भएको टिप्पणी गर्दै उनले क्रान्तिकारी रगतले भरिएको जस्तो हुनु पर्ने बताए । पार्टी भित्र सक्षम व्यत्तिहरु हुदा हुदा नयाँ नेतृत्व खोज्न किन आवश्यक छ भनी प्रति प्रश्न गरेका उनले जनमत बाहिर जान कसैलाई अधिकार नभएको बताए । जनमत विपरित हुने निर्णय बिरुद्ध मुर्दाबाद र त्यसको चर्को बिरोध गर्न पार्टी एवं आम जनतालाई समेत मुख्यमन्त्री गुरुङले आव्हान गरे ।

प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, नेकपाका नेता हितराज पाण्डे लगायतले वोलेका थिए । रबिन्द्र स्मृति प्रतिष्ठाका अध्यक्ष एवं रबिन्द्रका धर्मपत्नी तथा सांसद विद्या भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतिष्ठानले एक करोडको अक्षयकोष स्थापना गर्ने तयारी गरेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले बताए । प्रतिष्ठानले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरेको उनले जनाए ।

सम्बन्धित न्यूज

Back to top button