पोखराको पर्यटन प्रवर्द्धन गर्न प्याकेज सहितका छुटका कार्यक्रम आवश्यक : व्यवसायी

दीननाथ बराल । कोरोना भाइरसका कारण पोखरा क्षेत्रको उद्योग, पर्यटन र व्यवसायमा प्रभाव पर्न थालेसंगै यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न छुट सहितका प्याकेजका कार्यक्रम ल्याउनुपर्ने धारणा  व्यवसायीहरुले  राखेका छन् ।

कोरोना भाइरसका कारण सिंगो पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पारे पनि अप्रत्यक्ष रुपमा समाजका धेरै क्षेत्रलाई प्रभाव पारेको भन्दै  यस्तो अवस्थामा आर्थिक गतिविधिलाई निरन्तर संचालन गर्न विभिन्न छुट सहितका प्याकेजका कार्यक्रम ल्याउनुपर्ने व्यवसायीहरुको भनाइ छ  ।

हवाई उडान र होटलमा छुटको प्याकेज दिदा आन्तरिक सहित कोरोना भाइरस नलागेको देशका पर्यटकहरुलाई पोखरामा आकर्षित गर्नुपर्ने, नेपाल भ्रमण वर्षलाई सफल पार्न चाइनमा कोरोना भाइरसको ठुलो समस्या भएकोले त्यसको बिकल्पमा भारतका मुख्य शहरहरुसम्म पुग्नु पर्ने लगायतका व्यवसायीहरुले सुझाव दिएको पोखराका पर्यटन व्यवसायी गणेश भट्टराईले बताए ।

पोखराका पर्यटन व्यवसायी र पोखरा उद्योग बाणिज्य संघका केही व्यवसायीहरु बीचको छलफलमा भूकम्प र बाढी पहिरो भन्दा कोरोना भाइरस ठुलो समस्याको रुपमा देखा परेकोले ऋण लिएर चलेका पर्यटन व्यवसायका लागि राज्यले बैंकको किस्तामा केही सहुलियतको व्यवस्था गर्न माग समेत गरेको उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा महानगरका मेयर सहितको टोलीले पोखरा र प्रदेशको पर्यटन प्रबर्द्धन गर्न भारतका विभिन्न ठाउँमा निम्तो गर्दै जानुपर्ने तथा आन्तरिक पर्यटकलाई पोखरा र प्रदेशमा ल्याउन विशेष प्याकेज घोषणा गर्न व्यवसायीले माग समेत गरेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका भट्टराईले बताए ।

अर्को चरणको छलफलबाट यस क्षेत्रका मागलाई केन्द्रसम्म पुराउन एक टोली काठमाडौं जाने तयारी गरिने भएको उनले जनाए । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले चर्को बैंको व्याजको कारण केहीले आत्महत्या गरेको दाबी गरे । उनले भने “ म एक व्यवसायी पनि हुँ, हामीले २० प्रतिशत भन्दा बढी नाफा लिदा राज्यले कालोबजारी भयो भन्ने तर केही बैंकले ४० प्रतिशतसम्म बोनस बाड्दा राज्य चुप हुनु यो कति उचित निर्णय हो ।” नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालका ठुला राजनीतिक दलका नेताले व्यवसायीलाई परेको पीर मर्काको बारेमा नवोलेका कारण हाल व्यवसायीहरु टुहुरा जस्तो भएको गुनासो गरे ।

जुन सुरकार आए पनि व्यवसायीको हकहितको लागि काम गर्ने गरी आउनु पर्नेमा उनको जोड थियो । पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोख्रेलले चरम राजनीतिक गुटवन्दीले गर्दा व्यवसायीहरु समेत प्रभावित हुन पुगेको गुनासो गरे । कर चुक्ता अनिवार्य गरेसंगै धेरै व्यवसायीलाई यसले असर पारेको उनले जनाए ।

 

पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईले व्यवसायीमा एकता हुनुपर्नेमा जोड दिदै व्यवसाय प्रबर्द्धन गर्ने तर्फ सवै एक हुनुपर्नेमा जोड दिए । नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका सहसंयोजक अग्नी कडेंलले भ्रमण बर्षको पहिलो पाइलामै ठेस लागेकोले अब नेपालको लक्ष्य मध्यपूर्व तर्फ लक्षित हुनु पर्नेमा जोड दिए ।

लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले व्यवसायीहरुले राजनीतिक पार्टीको आड लिने गर्दा व्यवसायीहरु मर्कामा परेको दाबी गरे । पोखराका पर्यटन व्यवसायी टिकाराम सापकोटाले नेपालमा मध्यम वर्गका व्यक्ति माथि राज्यले भारतको भन्दा दोब्बर कर अशुल्ने गरेको आरोप लगाए ।

नेपालमा वार्षिक ८ लाख आम्दानी गर्ने व्यक्तिले ३० प्रतिशत भ्याट तिर्नु पर्ने राज्यको नीति उचित निर्णय नभएको उनले दाबी गरे । रेडिमेड व्यवसायी मिनराज काफ्लेले कोरोना भाइरसका कारण चाइनाको बोर्डरमा नेपाल आउनका लागि तयारी भएका करिब ४ सय कन्टेनर रोकिन पुगेको गुनासो गरे । करिब ३ अर्बको सामान भन्सारमा रोकिएको उनले जनाए ।

सम्बन्धित न्यूज

Back to top button