पूर्वमन्त्री बाँस्कोटाले जिल्ला अदालतमा हाले झुठो लान्छना र गालीबेइज्जती मुद्दा

काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्वन्धि अडियो प्रकरण पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाले आफुविरुद्ध झुठो लान्छना र गालीबेइज्जती गरेको भन्दै मुद्दा हालेका छन्।

आफूमाथि कमिसन मागेको झुठा लान्छना लगाइएको र गालीबेइज्जती गरेको भन्दै  बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका हुन् ।

शुक्रबार पूर्वमन्त्री मन्त्री बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाण्डौमा मुद्दा हालेको जानकारी दिएका छन् ।

उनले शुक्रवार आफ्नो ट्वीटर मार्फत भनेका छन्- ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।‘

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button