पोखरामा अत्याधिक असिना पानी, हिउँदेवालीमा क्षति

पोखरा न्यूज । पोखरा क्षेत्रमा आज मंगलबार असिना पानी पर्दा हिउँदेवाली नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४ः३० बजेदेखि पोखरा क्षेत्रमा अत्याधिक असिना पानी पर्दा हिउँदे वाली तथा मौसमी फलफुल तरकारी नष्ट भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८, २२, ५, ६ लगायतका क्षेत्रमा आज परेको असिना पानीले हजारौंको रोपनीमा लगाइएको तोरी, फलफुल, तरकारी तथा अन्य हिउँदे वाली नष्ट भएको पोखरा १८ का वडा अध्यक्ष रणहादुर थापाले पोखरा न्यूजलाई बताए ।

उनका अनुसार पोखरा-१८ को सराङकोट क्षेत्रसहित खपौंदी लगायतका ठाउँमा अत्याधिक असिना पर्दा हिउँदेवाली,फलफुल तथा तरकारी नष्ट हुँदा कृषकहरु मर्कामा परेका छन्।

त्यसैगरी पोखरा-२२ का वडा सचिव राम बहादुर पौडेलका अनुसार पुम्दीभुम्दीको क्षेत्रमा पनि अत्याधिक मात्रमा असिना पर्दा बेमौसमी फलफुल, तरकारी र हिउँदे वालीमा ठुलो क्षती पुगेको छ ।

असिना पानीका कारण पोखरा-६ लेकसाइड लगायतका क्षेत्रमा सवारी साधन समेत चलाउन केही समय कठिनायी भएको शिव देवकोटाले बताए ।

सम्बन्धित न्यूज

Back to top button