माओवादी ¥यालीमा बम बिस्फोट हुँदा ७ घाइते

पोखरा न्युज –

नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको ¥यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी ¥याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको हो । अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए ।

बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६ दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।

साभार : इकान्तिपुरबाट https://kantipur.ekantipur.com/news/2017-06-25/20170625150753.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button